
काठमाडौं, साउन ३१ । भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले पनि विभिन्न कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाएको छ ।
नेपालका लागि भारतका राजदुत रञ्जित रे ले ७० औ स्वतन्त्रता दिवसको खुशीयालीमा भारत र नेपाली जनताप्रति शुभकामना व्यक्त गरेका छन् ।
त्यसैगरी उनले छिमेकमा शान्ति र स्थायित्वको लागि भारत सरकारको सहयोग रहनेमा जोड दिए ।
स्वतन्त्रता दिवसमा दूतावासले भारतीय सेनाका भूपू सैनिकका १४ जना विधवा, आश्रित परिवारलाई चार करोड रुपैयाँको चेक र कम्बल वितरण गरेको छ ।
त्यसैगरी बिभिन्न संघसंस्थालाई ४० वटा एम्बुलेन्स र ८ वटा बससमेत प्रदान गरेको छ । यसैगरी बिभिन्न स्थानका ५९ वटा पुस्तकालयलाई पुस्तकसमेत हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्