
सिन्धुली, वैशाख ३ । सिन्धुलीको कमलाखाँेच क्षेत्रका बाँझो र सुख्खा जमिनमा सिंचाइ सुविधा पुगेको छ । सिंचाइ सुविधा पुगेसँगै यहाँका कृषकहरुलाई तरकारी खेती र अन्नबाली उत्पादन गर्न सहज भएको छ ।
विगतमा कमलानदीको कटानले बगर बनेका क्षेत्र र सिंचाई सुविधाको अभावमा घाँसेचौर बनेका जमिनमा अहिले बाह्रै महिना सिंचाई हुन थालेपछि किसानहरुले व्यवसायिक तरकारी खेती र अन्नबालीको उत्पादन थालेका छन् ।
कमलाखोँच क्षेत्रका रानीबास, हर्षाही, टाडी क्षेत्रका परम्परागत कुलो–पैनीहरु जलश्रोत तथा सिंचाई विकास डिभिजन सिन्धुलीले पुनःनिर्माण गरिदिएको हो । करिव दुई हजार किसानहरुको ७ हजार हेक्टर जमिनमा सिंचाइ पुगेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्