२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


कांग्रेसले काठमाडौं जिल्ला सभापति र सांसदहरुको भेला बोलायो


0
Shares

                                                         फाइल फोटो
काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसले स्थानीयतहको पुनःसंरचनाको विषयमा छलफल गर्न आइतबार काठमाडौंमा जिल्ला सभापति र सांसदहरुको भेला बोलाएको छ ।

स्थानीय तह पुनःसंरचनाको विषयमा आधिकारिक धारणा बनाउन भेला बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले स्थानीय तह पुनःसंरचना आयोगबाट प्रस्तावित ५ सय ६५ को संख्या कम भएको भन्दै त्यसलाई बढाउन माग गर्दै आएको छ ।