Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


समता स्कूललाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।

सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए ।

‘राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’

प्रधानमन्त्री ओलीले यस बर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने स्पष्ट पारेका छन् ।

नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधव नेपालको पनि उपस्थिति थियो ।