२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


प्रचण्ड सरकार कुनै हालतमा सफल हुँदैन् : अध्यक्ष बैद्य


0
Shares

जनकपुरधाम, भदौ ५ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राखे ।

मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ भने ।

एक प्रश्नको जवाफमा उनले आफ्नो सहयात्री पुष्पकमल दाहाल प्रचण्डसँग पुनः सहयात्राको सम्भावना छैन भने ।

जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उनले सरकारको सफलताको कुनै आधार नभएको बताए । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि बताए । रासस