
फाइल फोटो
काठमाडौं, भदौ ७ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलको मंगलबार बसेको संयुक्त बैठकले संविधानको कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा जोड दिएको छ ।
सिंहदरबारमा मंगलबार भएको ती दलको बैठकले राष्ट्र तथा राष्ट्रियतामा अनुकूल हुने कुनै काम नयाँ सरकारबाट हुन नहुने जनाएको छ ।
पछिल्लो राजनीतिक समसामयिक विषयमा कसरी विपक्षी गठबन्धन प्रभावकारी हुन सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतामा आँच आउनसक्ने वा संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुनसक्ने जनाउँदै त्यसमा एकताबद्ध र चनाखो हुन आग्रह गरे ।
बैठकमा ओली नेतृत्वको सरकारमा अन्तिम समयसम्म साथ दिने र प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा मतदान गर्ने राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका नेता सहभागी थिए ।
यसैबीच, गत सातादेखि जारी एमाले स्थायी कमिटीको बैठक मंगलबर पनि जारी छ । रासस
प्रतिक्रिया दिनुहोस्