Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


परिणाम प्रधानमन्त्रीको भारत भ्रमणमा देखिन्छ : निधि (भिडियोसहित)


0
Shares

काठमाडौं, भदौ ७ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण अत्यन्तै सफल भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा भारतको पाँचदिने भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका निधिले नेपाल र भारतबीचको सम्बन्ध सुधारका लागि भ्रमण फलदायी भएको र त्यसको परिणाम प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकाक्रममा देखिने दाबी गरे ।

उपप्रधानमन्त्री निधिले भारतीय नेतृत्वलाई आफूले वर्तमान सरकार संविधान कार्यान्वयन गर्दै २०७४ साल माघ ७ गतेभित्र तीनओटै तहको निर्वाचन गराउने गरी अघि बढेको जानकारी दिएको र सहयोगका लागि आग्रह गरेको बताए ।

सम्बन्ध सुधारका लागि दुई देशका उच्च अधिकारीहरुको भ्रमण पनि तय गरिएको भन्दै उनले लामो समयपछि भारतीय राष्ट्रपति नेपाल आउन लागेको र हाम्रा राष्ट्रपति पनि भारत जाने निश्चित भएको बताए ।

उपप्रधानमन्त्री निधिले भारत भ्रमणकाक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आइका महासचिव राहुल गान्धीलगायतसँग भेटवार्ता गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्