३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


केन्याको ‘न्यू रंगिला बार’ बाट १२ नेपाली युवती पक्राउ


0
Shares

काठमाडौं, वैशाख २ । केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई बार डान्सरका रुपमा मानव तस्करले केन्या पुर्‍याएका थिए । उनीहरुलाई केन्याको मोम्बासा नियालीस्थित न्यू रंगिला बारबाट पक्राउ गरिएको हो ।

प्रहरीले १२ नेपाली युवती कसरी केन्या आइपुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले उनीहरुलाई सोमबार मोम्बासा अदालतमा लैजाने तयारी गरेको छ । –कान्तिपुर दैनिकबाट