
काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने बताएका छन् ।
विहीबार राजधानीमा नेपाल विद्यार्थी संघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा उनले कांग्रेसलाई बलियो बनाउन पार्टीका भातृसंस्थाहरुको क्रियाशीलता पनि उत्तिकै आवश्यक रहेको बताए ।
उनले निर्वाचनबाट नयाँ नेतृत्व आएपनि सबैको भावनालाई समेटेर अघि बढ्न नेवि संघ पदाधिकारीलाई निर्देशन दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु डा. रामशरण महत, डा. प्रकाशशरण महतलगायतकाले भातृसंस्थाहरुलाई थप क्रियाशील भएर काम गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्