२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मंगलादेवी सिंहको २१ औं स्मृति दिवस


0
Shares

काठमाडौं, भदौ १० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

मंगलादेवी सिंहको २१ औं स्मृति दिवसको अवसरमा काठमाडौंको शोभाभगवतीस्थित शालिकमा माल्यार्पण गर्दै उनले महिलाको हकहितमा जहानियाँ राणा शासकविरुद्ध आन्दोलन गर्नु आफैँमा जोखिमपूर्ण रहेको उल्लेख गरे ।

नेपालको राष्ट्रिय राजनीति र महिला आन्दोलनमा स्व. मंगलादेवी सिंहको योगदान अविस्मरणीय रहेको भन्दै सिंहले मंगलादेवी सिंहले देखाएको बाटोबाट अगाडि बढ्न सुझाव दिए ।