२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्रीले दिए निर्देशन–‘परिणाम देखिने गरी काम गर्नोस्’


0
Shares

काठमाडौं, भदौ १० । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रीको शपथ लिइसकेपछि शुक्रबार मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री डा. महतले उपलब्ध स्रोत–साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालय मातहतका सबै कार्यकाबारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै मन्त्री डा. महतले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत–साधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गरे ।

उनले रिक्त बाँकी मुलुकमा पनि छिट्टै राजदूत पठाइने जानकारी दिए ।

ठूलो संख्यामा नेपाली कामदार भएका मुलुकबाट स्वदेशमा भित्रिने विपे्रषणलाई कम आँकलन गर्न नहुनेमा जोड दिँदै उनले भने–‘ती देशमा जाने राजदूतले अरुभन्दा बढी काम गर्नुपर्छ । मानव संशाधन कम भएको छ भने थप्न म पहल गर्नेछु ।’

भारत र चीन दुबै नेपालका लागि महत्वपूर्ण छिमेकीमुलुक भएकाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै उनले सम्बन्ध थप उचाइमा पुर्‍याउन पहल गर्ने विश्वास दिए ।

उनले भने–‘यो सम्बन्धलाई सुमधुर नगरी राष्ट्रिय अखन्डता, एकता र राष्ट्रिय स्वार्थलाई सम्वद्र्धन गर्न सकिँदैन ।’

सत्तामा जो आएपनि राष्ट्रिय स्वार्थलाई संरक्षण गर्दै छिमेकीको चासो र चिन्तालाई पनि महत्वकासाथ हेर्नुपर्ने उनको धारणा थियो । रासस