
फाइल फोटो
काठमाडौं, भदौ १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।
पेटमा समस्या भएपछि देउवा शुक्रबार दिउँसो उपचारका लागि सिंगापुर गएका हुन् ।
देउवाको साथमा उनकी पत्नी तथा कांग्रेस सांसद आरजु राणा पनि सिंगापुर गएकी छन् ।
सभापति देउवा स्वास्थ्य उपचार गरी पाँच दिनपछि नेपाल फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस्