
काठमाडौं, भदौ ११ । निजी क्षेत्रका अगुवाहरुले निजी क्षेत्रबीचको एकतामा जोड दिएका छन् ।
निजी क्षेत्रलाई चौतर्फीरुपमा दबाब र आक्रान्त पारिएको भन्दै उनीहरुले एक भएर अगाडि बढ्न आग्रह गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत् रहेका वस्तुगत् संघहरुको प्रोफाइलसहितको पुस्तक सार्वजनिक एवं सदस्यहरुको भेलामा उद्योगी–व्यवसायीहरुले निजी क्षेत्रबीच एकतामा जोड दिएका हुन् ।
महासंघका अध्यक्ष पशुपति मुरारकाले ‘रोजगारदाता र श्रमिकबीच राम्रो सम्बन्ध होस् भन्ने सरकारको चाहना नरहेको’ आरोप लगाए ।
उनले ‘रोजगारदाता र श्रमिकबीच भएको सहमतिमा पनि सरकारले अनेक शब्दजाल बुनेर श्रम ऐनमा नयाँ व्यवस्था थपेको’ भन्दै आपत्ति जनाए ।
पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष भवानी राणालगायतले राजनीतिक अस्थिरताका कारण आर्थिक क्रियाकलाप बढ्न नसकेको भन्दै निजी क्षेत्रबीच सौहार्दता हुनुपर्नेमा जोड दिए ।
महासंघको वस्तुगत् परिषदले प्रकाशनमा ल्याएको पुस्तकमा ९९ ओटै वस्तुगत् संघहरुको प्रोफाइल राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्