
काठमाडौं, चैत ३० । काठमाडौंको चःमतीमा आज बृहत कुमारी भैरव पूजा गरिएको छ ।
पञ्चकुमारी सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा २६० जना कुमारीहरुको पूजा गरिएको छ । प्रत्येक बालबालिकामा कुमारीको अंश रही आज्ञा चक्र जागरण भई जाने विश्वासका साथ पूजा आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
उक्त अवसरमा सुख शान्ति र समृद्धिका लागि हवन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्