सिन्धुली, भदौ १३ । सिन्धुलीको उत्तरपूर्वी क्षेत्रमा अवस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग पूर्वीखण्ड अन्तर्गत हैवार भीरमा बगिरहने पहिरोले यातायातका साधन सञ्चालनमा कठिनाई भइरहेको छ ।
खुकुलो माटो भीरबाट निरन्तर झर्नाले सामान्य वर्षा हुँदा र हिउँदको समयमा समेत पहिरो जाने भएकाले यो बाटो हुँदै पूर्वी पहाडी क्षेत्रका विभिन्न गन्तव्यमा पुग्ने सवारी साधन संचालनमा कठिनाई भएको हो ।
सडक अवरुद्ध हुँदा काठमाडौंबाट सिन्धुली, रामेछाप, खोटाङ, ओखलढुंगा, उदयपुरलगायत जिल्लाका यात्रुले बढी सास्ती खेप्नु परेको छ ।
भूकम्पले सडक आसपासका पाखा चर्काएको र अहिले वर्षातका कारण पुष्पलाल मध्यपहाडी लोकमार्ग र बनेपा सिन्धुली बर्दिवास सडकसमेत क्षतिग्रस्त भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्