
धनकुटा, भदौ १३ । धनकुटामा राजनीतिक दलका नेता र नागरिक समाजका प्रतिनिधिले सातवटा स्थानीय तह बनाउन स्थानीय तह पुनर्संरचना आयोग समक्ष माग गरेका छन् ।
भौगोलिक विकटता, सामाजिक र आर्थिक दृष्टिकोणले संयोजन गर्न कठिन हुने भन्दै आयोगले तोकेको ५ वटा स्थानीय तहमा असहमति राख्दै तीन नगरपालिका र ४ वटा गाउँपालिका बनाउन राजनीतिक दल र नागरिक समाजले सहमति गरेका हुन् ।
दलहरुले स्थानीय निकाय पुनर्संरचना आयोगले निर्धारण गरेको जनसंख्या र भूगोलको मापदण्डमा संशोधन गरी पहाडी जिल्लाको सन्दर्भमा गाउँपालिकामा न्यूनतम १५ हजार, नगरपालिकामा न्यूनतम २२ हजार र सदरमुकाम रहने नगरपालिकाको लागि ३५ हजार जनसंख्या निर्धारण गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्