२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


धरानमा बस, कार र ट्रयाक्टर आपसमा ठोक्किँदा तीन जनाको मृत्यु


0
Shares

धरान, चैत ३० । सुनसरीको धरानमा बस, कार र ट्रयाक्टर आपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति बा२०च ४०७६ नम्बरको कार र को१ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कारमा रहेका अमिर श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बु रहेको प्रहरीले जनाएको छ ।

धरानबाट इटहरी आउँदै गरेको कार सोही दिशाबाट आउँदै गरेको मे१त ६६९२ नम्बरको ट्रयाक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किएको बताइएको छ ।

दुर्घटनामा कार चालक र ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन् । 

घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट नर्सिङ होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।