२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


गंगामायाको जीवन रक्षाको माग गर्दै बालुवाटारमा धर्ना


0
Shares

काठमाडौं, भदौ १४ । आमरण अनशनमा बस्दै आएकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजूक बनेपछि उनको जीवन रक्षाको माग गर्दै नागरिक समाज र मानवअधिकारवादीले प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिएका छन् ।

विभिन्न पेशागत संघ संगठनका पदाधिकारीहरुले प्रधानमन्त्री निवास वालुवाटारमा एक घण्टा धर्ना दिएका हुन् । गंगामायालाई न्याय दिन र उनका छोराको हत्यारालाई कारवाही गर्न धर्नाका सहभागीहरुले माग राखे ।

सर्वोच्च अदालतको आदेश पालना गर्न र गंगामायाको जीवनरक्षाका लागि तत्काल पहल गर्न धर्नाका सहभागीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

गंगामाया अधिकारीले आफ्ना छोराको हत्यारालाई कारवाही गर्न माग गर्दैै पटक पटक वीर अस्पतालमा आमरण अनशन गर्दा पनि सुनुवाई भएको छैन ।

आमरण अनशनमा रहेकी गंगामायाको स्वास्थ्य अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गइरहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. भुपेन्द्र वस्नेतले जानकारी दिए ।