
कन्चनपुर, भदौ १४ । यही भाद्रपञ्चमीका दिन सुरु भएको सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा मंगलबार विधिवतरुपमा समापन भएको छ ।
गौरादेवीको प्रतीमालाई गौराघरदेखि मंगलबार बाजागाजाकासाथ बिदाइ गरेपछि यो पर्व सम्पन्न हुने गर्दछ ।
समापनका दिन विशेषगरी स्थानीय देवी–देवताका गाथा, महाभारत, रामायणलगायत धार्मिकग्रन्थमा आधारित कथाहरु गाउने गरिन्छ ।
डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, कैलाली, कन्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा आ–आफ्नै सांस्कृतिक मान्यताअनुरुप फरक–फरक दिन पारेर गौरापर्वको समापन गर्ने चलन पनि रहेको छ ।
समापनमा गौरादेवीको प्रसादलाई कपडामा बाँधेर आकाशतिर फाल्ने र हात फैलाएर समात्ने गरिन्छ ।
जसको हातमा गौरा देवीको प्रसाद पर्छ, उसको मनोकामना गौरादेवीले पूरा गर्ने जनविश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्