२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विधेयकलाई प्रतिष्ठाको विषय नबनाइ सहमतिमा जानुपर्छ : शिक्षामन्त्री


0
Shares

काठमाडौं, असार २५ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारले ल्याउन लागेको विधेयकमा नयाँ सहमति हुनुपर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको विषयमाथिको छलफलकाक्रममा उठेका प्रश्नको सोमबार जवाफ दिँदै उनले विधेयकलाई प्रतिष्ठाको विषय नबनाइ सहमतिमा जानुपर्ने बताए ।

प्रतिपक्षी दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले जुम्लामा अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य उपचार गरी जीवनरक्षा गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावलाई सांसद अहतर कमाल मुसलवान र पार्वता डिसी चौधरीले समर्थन गरेका थिए ।

जरुरी सार्वजनिक महत्वको उक्त प्रस्तावमाथिको छलफलमा ४९ जना सांसदले भाग लिएका थिए ।