
फाइल फोटो
विराटनगर, भदौ १६ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।
सो पार्टीको मोरङ शाखाद्वारा विराटनगरमा विहीबार आयोजित मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गरे ।
उनले ‘संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसदमा प्रवेश नभएकाले आशंका हुनु स्वाभाविक हो’–भने ।
संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उनले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिए ।
‘प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्नु हुँदैन’–उनले भने–‘संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्