
काठमाडौं, भदौ १६ । सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्वमुख्यसचिव लिलामणि पौडेललाई राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।
विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भारत र चीनमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
अघिल्लो सरकारले ‘कुटनीतिक मर्यादाविपरीत राष्ट्रको अहित हुने गरी काम गरेको’ भन्दै उपाध्यायलाई भारतबाट फिर्ता बोलाएको थियो ।
तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि चीनमा नेपाली राजदूत नियुक्त हुन सकेको थिएन ।
यस्तै, मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी, आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्