२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


अमेरिकाको अन्तरिक्ष केन्द्रमा विस्फोट, कोशौं टाढाका भवनहरुमासमेत कम्पन


0
Shares

काठमाडौं, भदौ १६ । अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलस्थित अन्तरिक्ष केन्द्रमा विहीबार विस्फोट भएको छ ।

‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा ‘लन्च प्याड’मा विस्फोट भएको बताइएको छ ।

विस्फोटका कारण कोशौं टाढा रहेका भवनहरुमासमेत कम्पन महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटका कारण भएको हताहतीकाबारेमा केही खुल्न सकेको छैन ।

नासाले ‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपणको जाँच गरिरहेको र उसले आगामी हप्ताको अन्त्यमा ‘स्याटलाइट’ अन्तरिक्षमा लैजाने तयारीमा रहेको जनाएको छ ।

विस्फोटको कारण खुल्न सकेको छैन ।