
नेपालगञ्ज, भदौ १७ । नेपालगञ्जको धम्बोझी चोकमा राष्ट्रवादी युवा समूहले राखेको पूर्वराजा वीरेन्द्र शाहको शालिक स्थानीय प्रशासनले हटाएको छ ।
युवा समूहले हिजो राखेको पूर्वराजा वीरेन्द्रको शालिक प्रहरीले गएराति हटाएको हो ।
शालिक राख्ने क्रममा प्रहरी र राष्ट्रवादी समुहबीच झडपसमेत भएको थियो । प्रहरीले रातारात शालिक हटाएपछि राष्ट्रवादी युवा समूहले आपत्ति जनाएको छ ।
स्थानीय प्रशासनले नेपालगञ्ज बजार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ । बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्