२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सहयोग जुटाउन सांस्कृतिक कार्यक्रम


0
Shares

काठमाडौं, भदौ १८ । मानसिक अशक्त महिलाको उपचार र पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले कोरोना नेपालले आगामी शुक्रबार राजधानीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कोरोना नेपालले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी मानसिकरुपमा अशक्त र असहाय महिलाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

सांस्कृतिक कार्यक्रममा कुन्ति मोक्तानलगायत लोकप्रिय कलाकारको प्रस्तुति रहने बताइएको छ ।

कोरोना नेपालकी अध्यक्ष सुमित्रा नेपालले कार्यक्रमबाट उठेको रकमले सेफ होममा आश्रय लिइरहेका महिला मानसिक रोगी र सडक बालिकाका लागि खर्च गरिने बताइन् ।

मानसिक रोगी महिलाको उपचार र सडक बालिकाको उद्धार तथा पुनःस्थापनमा तीन वर्षअघिदेखि सक्रिय कोरोना नेपालले गत वर्ष वैशाखको विनाशकारी भूकम्पपछि मानसिक रोगी महिला र सडक बालिकालाई आश्रय दिने उद्देश्यले सेफ होम सन्चालनमा ल्याएको हो ।