२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महाकाली नदीमा चाँडै पक्कीपुल, डीपीआर तयार : मन्त्री लेखक


0
Shares

कन्चनपुर, भदौ १८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कन्चनपुरको भीमदत्त नगरपालिका र दोधारा–चाँदनीलाई जोड्न महाकाली नदीमा चाँडै पक्कीपुल निर्माण गरिने बताएका छन् ।

नेपाल प्रेस युनियन कन्चनपुरले शनिबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले महाकालीमा चारलेनको मोटर चल्ने पुल निर्माणको डीपीआर तयारसमेत भइसकेको बताए ।

उनले एक्जिम बैंकबाट ‘सफ्ट’ ऋण लिएर अबको पाँच महिनामा टेन्डर आह्वान गरिने बताए ।

पुल बनेपछि सात नम्बर प्रदेशको विकासलेसमेत फड्को मार्ने उनको भनाइ थियो ।

अर्को प्रसंगमा मन्त्री लेखकले संविधानमा देखिएका असन्तुष्टिलाई वार्ता र संवादकै माध्यमबाट सम्बोधन गरिने बताए ।