
सिन्धुली, चैत २९ । यसवर्ष समयमै वर्षा भएपछि सिन्धुलीका उत्साहित हुँदै किसान खेती गर्न जुटेका छन् ।
विगतका वर्षमा प्रायः खडेरी पर्ने चैतमा यसवर्ष पर्याप्त पानी परेपछि किसानहरु आफ्नो खेतबारीमा चैते धान, मकैजस्ता अन्नबाली लगाउन व्यस्त भएका छन् ।
सिन्धुलीको कमलाखोचस्थित रानीबास, दुधौली, हर्षाही, सिथौंली तथा मरिणखोला क्षेत्रको कपिलाकोट, डाडी महेन्द्रझ्याडी र बेलघारी, भीमस्थान, चदाहा क्षेत्र अन्नबाली उत्पादनको मुख्य क्षेत्र मानिँदै आएका छन् ।
समयमै वर्षा भएका कारण यसवर्ष विगतको तुलनामा खाद्यान्नको उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्