Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


बास्कोटालाई ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने


0
Shares

काठमाडौं, भदौ २१ । यस वर्षको ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई प्रदान गरिने भएको छ ।

नेपाली गीतसंगीतका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै बास्कोटालाई लाइफटाइम अचिमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । अवार्डका साथ उहाँलाई १ लाख रुपैयाँ प्रदान गरिने ईमेज च्यानलले जनाएको छ ।

बास्कोटा नेपाली चलचित्र जगतका सर्वाधिक लोकप्रिय संगीत निर्देशक हुन् । नेपाली चलचित्रको इतिहासमा संख्यात्मकरुपमा समेत उनले बाजी मारेका छन् । उनले नेपाली चलचित्रमा २००० भन्दा बढी गीतमा संगीत निर्देशन गरेका छन् ।

ईमेज च्यानलले यसअघि तारा देवी, अमर गुरुङ, शिव शंकर, धर्मराज थापा, फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, योगेश वैद्य, पन्नाकाजी शाक्य, हरिप्रसाद रिमाल, कालिप्रसाद रिजाल, यादव खरेल, गणेश रसिक, नातीकाजी श्रेष्ठ, किरण खरेल, कुमार बस्नेत, दीप श्रेष्ठ र दुर्गालाल श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिसकेको छ ।

नेपाली सांगीतिक जगतको महाउत्सव १८ औं ईमेज अवार्ड आगामी असोज ८ गते हुने छ । ईमेज अवार्डको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ ।