३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कारको ठक्करबाट एक जनाको मृत्यु


0
Shares

मोरङ, चैत २८ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकमा बुधबार कारको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को१५प ९९७८ नम्बरको मोटरसाईकललाई राति ९ बजे ठक्कर दिएको थियो ।

कारको ठक्करबाट मोटरसाईकल चालक ईटहरी उपमहानगरपालिका–८ बस्ने वर्ष २२ को प्रकाश चौधरी र मोटरसाईकलको पछाडी सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भइ उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा हेम चौधरीको राति साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने कार र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।