Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको छैन : परराष्ट्र मन्त्रालय


0
Shares

काठमाडौं, भदौ २२ । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी बुधबार स्वदेशी तथा विदेशी सन्चारमाध्यममा परराष्ट्र मन्त्रालयका सचिव एवं नेपाल सरकारका उच्च अधिकारीलाई चिनियाँ राजदूतले भ्रमण स्थगित भएको जानकारी दिएको भनी प्रकाशित समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।

विज्ञप्तिमा भनिएका छ–‘चिनियाँ उच्च अधिकारीको भ्रमण सम्बन्धमा नेपाल सरकारले आवश्यक तयारी नगरेको भन्ने समाचारमासमेत कुनै सत्यता छैन ।’ रासस

विज्ञप्ति पढ्नुहोस्