२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


तीन दाना रुद्राक्षको मूल्य ४३ लाख रुपैयाँ !


0
Shares

काठमाडौं, भदौ २३ । संखुवासभा र भोजपुरबाट यसैसाता तीनवटा बहुमूल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा तीनवटा दाना बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए ।

धुपुको ज्यामिरेमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सुजन राई, नरेन्द्र राई लगायतले १६ लाखमा खरिद गरेका छन् ।

षडानन्द नगरपालिकाको केउरेपानीमा उत्पादन भएको २१ मुखे रुद्राक्ष नीलमणि न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गरे ।

यसैगरी यसैसाता भोजपुरको फालिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यापारी चित्र श्रेष्ठले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट