काठमाडौं, चैत २७ । प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिले सूचना–प्रविधिको प्रयोग गरी तथ्यांक संकलनलाई चुस्त र व्यवस्थित गर्न आग्रह गरेको छ ।
समितिले बुधबार केन्द्रीय तथ्यांक विभागसँग आगामी जनगणनाको तयारीबारे जानकारी लिँदै यस्तो आग्रह गरेको हो ।
बैठकमा सांसदहरुले राज्य पुनःसंरचनापछिको तथ्यांक तुलनायोग्य हुनुपर्ने भन्दै विभागलाई सचेत गराएका छन् ।
उनीहरुले आर्थिक, कृषि, प्राकृतिक स्रोतलगायत विकाससँग जोडेर तथ्यांक संकलन गर्न सुझाव दिएका छन् ।
विभागका महानिर्देशक सुमनराज अर्यालले विगतको तुलनामा तथ्यांक संकलनलाई व्यवस्थित गराउँदै आएको बताए ।
उनले आगामी जनगणनामा सूचना–प्रविधिको प्रयोगलाई ध्यान दिइने पनि बताए ।
जनगणनाका लागि ५० हजार जनशक्ति परिचालन गर्ने तयारी भइरहेको र साढे चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्