
वासिंटन, भदौ २३ । अमेरिकी र रुसी विमानबीच आकाशमै तनाव बढेको छ । दुबै विमान एक आपसको १० फिट दुरीमा उडान भरेको बताइएको छ ।
यो दुरी हवाइ सुरक्षाको दृष्टिले निकै समवेदनशील मानिन्छ ।
समाचार एजेन्सीहरुका अनुसार ‘ब्ल्याक सी’ को आकाशमाथि एक अमेरिकी जासुसी विमान उडान भरिरहेको अवस्थामा रुसी लडाकु विमान निगरानीका लागि आएको थियो । रुसी विमानले अमेरिकी विमानको १० फिट दुरीमा उडान भर्दैै निगरानी गरेको बताइन्छ ।
करिब १९ मिनेटसम्म यी दुबै विमान आपसमा निकै निकट उडिरहेका थिए ।
रुसी अधिकारीहरुका अनुसार अमेरिकी विमानले हवाई सीमा उल्लंघन गरेपछि लडाकु विमानले त्यसको निगरानी गरेका हुन् । तर अमेरिकी अधिकारीहरुले भने रुसी विमानका कारण तनावपूर्ण स्थिति निम्तिएको भन्दै अमेरिकी विमानले संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको बताएका छन् ।
यसअघि पनि रुसी र अमेरिकी विमानबीच यस्ता विषयमा तनाव हुँदै आएको थियो ।
गत अप्रिलमा पनि बाल्टिक सागरमा अमेरिकी र रुसी विमान आपसमा निकै निकट आइपुगेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्