Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


आइएमई जनरल इन्स्योरेन्सको विद्यार्थी बिमालेख योजना


0
Shares

काठमाडौं, चैत २७ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीका लागि बिमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी ‘आइजीआई विद्यार्थी बिमालेख’ योजना सार्वजानिक गरेको हो ।

विद्यार्थीको सुरक्षाका लागि यो बिमा योजना ल्याएको कम्पनीको दाबी छ ।

यो योजनाले विद्यार्थीको आर्थिकभारलाई पनि कम गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

यो बिमा योजनाअन्तर्गत् भ्याटबाहेक वार्षिक ९७२ रुपैयाँ प्रिमियम तिर्नसक्ने कम्पनीका अध्यक्ष हेमराज ढकालले बताए ।

बिमित विद्यार्थीको दुर्घटनाबाट मृत्यु भएमा एक लाख प्राप्त गर्नसक्ने र पूर्ण अशक्तता भएमा विद्यालयको मासिक शैक्षिक शुल्कबापत प्रतिमहिना अधिकतम् १० हजारमा नबढ्ने गरी दुई महिनासम्मको शुल्क भुक्तानी दिने कम्पनीले जनाएको छ ।