
प्रदीप पौडेल (इमेज)
पोखरा, भदौ २३ । कास्कीको लेखनाथ नगरपालिका–४ खरानीफाँटमा बुधबार राति गएको पहिरोमा पुरिँदा चारजना बालबालिकाको मृत्यु भएको छ ।
पहिरोले स्थानीय चन्द्रकली विकको घर भकिँत्दा चार बालबालिकाको मृत्यु भएको हो । घटनामा दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा चन्द्रकलीका १४ वर्षीय छोरा निसान सुनार, ९ वर्षीया छोरी रन्जिना सुनार, ७ वर्षीया छोरी अन्जिला सुनार र ३ वर्षीय नाति सलमान तामाङ छन् ।
यस्तै, चन्द्रकलीकी १० वर्षीया छोरी सविना सुनार र २५ वर्षीया छोरी कविता सुनार घाइते भएका छन् । घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
राति सुतिरहेको बेलामा चन्द्रकलीको ‘ब्लक’को गारोले बनेको घरमा पहिरो खसेको हो ।
त्यसैगरी, लेखनाथ–६ सुनपदेलीमा पहिरोले घर पुरिँदा २ जना घाइते भएका छन् ।
यसैबीच, कास्कीको कालिका गाविस–६, सुनपँदेलीका ५७ वर्षीय बोधराज तिमिल्सिना र ४५ वर्षीया मीनादेवी तिमिल्सिना आफ्नै घरको भित्ता भत्किएर च्याप्दा घाइते भएका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्