Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नेपाल भ्रमण वर्ष सफल बनाउन प्रधानमन्त्रीको आह्वान


0
Shares

काठमाडौं, चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबै निकायलाई आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकमा उनले पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउन सकिने भन्दै यसलाई सफल बनाउन सबै निकायलाई आग्रह गरेका हुन् ।

बैठकले आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराएको छ ।

Skip This