कपिलवस्तु, चैत २७ । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र ११ हजार ४५४ शौचालय बनेपछि नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
बुधबार चन्द्रौटामा एक कार्यक्रम गरी खुला दिसामुक्त घोषणा गरिएको हो ।
तामझामका साथ सांस्कृतिक र्यालीसहित चन्द्रौटाबजारको परिक्रमासमेत गरिएको थियो ।
नगरपालिकाका ११ ओटा वडामध्ये तीनओटा वडा पहिले नै खुला दिसामुक्त घोषणा भइसकेका थिए ।








प्रतिक्रिया दिनुहोस्