काठमाडौं, भदौ २४ । इन्द्रजात्राका लागि भक्तपुरको न्यातपोलोबाट ल्याइएको लिङ्गो शुक्रबार काठमाडौंको हनुमानढोका पुर्याइएको छ ।
बिहान ७ बजेर ४५ मिनेटको शुभसाइतको अवसर पारेर उक्त लिङ्गो हनुमानढोका लगिएको हो ।
भोटाहीटीबाट बाजागाजासहित विभिन्न ठाउँको परिक्रमा गर्दै लिङ्गोलाई तानेर हनुमानढोका पुर्याइएको हो । केन्द्रीय मानन्धर संघको एक टोली यही भदौ १८ गते लिङ्गो लिन भक्तपुर गएको थियो ।
आगामी २८ गते हनुमानढोमा उक्त लिङ्गो ठड्याइने छ ।









प्रतिक्रिया दिनुहोस्