
बैतडी, भदौ २४ । अज्ञात समूहले दार्चुलामा एक मोटरसाइकलमा आगजनी गरेकोे छ ।
श्याम सिनालको म२प ३८८३ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए ।
सोनालको आफ्नै घर दार्चुला सदरमुकाममा रहेको मोटरसाइकललाई अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर आगजनी गरेको बताइएको छ ।
आगजनी गर्ने समूहको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । रासस
प्रतिक्रिया दिनुहोस्