
काठमाडौं, भदौ २४ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा दिएका छन् ।
उर्जामन्त्री जर्नादन शर्माले राजीनामा गर्न दबाब दिँदै आएपनि उनले राजीनामा नदिने भन्दै आएका थिए ।
काफ्लले प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहपछि शुक्रबार प्रधानमन्त्रीलाई भेटेर पदबाट राजिनामा दिएका हुन् ।
उर्जामन्त्री शर्माले पदबाट राजीनामा नदिए मन्त्रिपरिषदबाटै निर्णय गरी काफ्लाई हटाउने तयारीसमेत गरेका थिए ।
काफ्लेलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्