
काठमाडौं, भदौ २४ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भूकम्पपीडितहरुको आवास निर्माण गर्न सरकारले छुट्याएको रकम अबको २० दिनभित्रमै वितरण गरिने दाबी गरेका छन् ।
अग्निबाँण पाक्षिक पत्रिकाको नवौं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले २० दिनभित्रै दुई लाख रुपैयाँ अनुदानको पहिलो किस्ता वितरण गरिसक्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्