
काठमाडौं, भदौ २५ । शिक्षा मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखको शुक्रबार हेरफेर तथा सरुवा गरिएको छ ।
शिक्षामन्त्री धनीराम पौडेलको निर्णयअनुसार शिक्षा विभागको रिक्त महानिर्देशकमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिइएको छ ।
केन्द्रको कार्यकारी निर्देशकमा शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक कृष्णप्रसाद काप्री आएका छन् ।
त्यसैगरी, विभागका निर्देशक देवकुमारी गुरागाइँ शैक्षिक जनशक्ति विकास केन्द्रमा, वैकुण्ठ अर्याल शिक्षा मन्त्रालयमा र मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेलाई विभागको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्डको रिक्त सदस्य सचिवमा सहसचिव सूर्यप्रसाद गौतमलाई जिम्मेवारी दिइएको छ । बोर्डमा अध्यक्ष र सदस्यहरु अझै रिक्त छन् ।
दुई साताअघि मन्त्रालयका सहसचिवहरु डा. लवदेव अवस्थी र खगराज बरालको सचिवमा बढुवा भएपछि केही निकायका प्रमुख रिक्त थिए । रासस
प्रतिक्रिया दिनुहोस्