Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ढाका कपडा बुनेर आत्मनिर्भर बन्दै महिला


0
Shares

सिन्धुली, चैत २७ । सिन्धुलीका महिलाले व्यावसायिक रुपमा ढाका कपडा उत्पादन गरेर आम्दानी गर्न थालेका छन् ।

सिन्धुलीको तीनपाटन गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकामबाट तालिम लिएका महिला आफ्नै घरमा बसेर ढाका कपडा बुनाई गरी आयआर्जन गर्न थालेका हुन् । ढाका कपडाबाट उत्पादित सामग्रीको माग बजारमा बढेपछि बिक्रीसमेत बढेको छ ।

ग्रामीण क्षेत्रमा गरिँदै आएको परम्परागत खेतीपातीको तुलनामा घरभित्रै बसेर गरिने ढाका कपडा बुनाई तथा बिक्री महिलाका लागि सजिलो भएकाले यसतर्फ उनीहरु बढी आकर्षित हुने गरेका छन् । ढाका कपडाप्रति शहरीया क्षेत्रका उपभोक्ताको मोहसमेत बढ्दै गएको छ ।

यहाँका महिलाले ढाका कपडाबाट साडी, पर्स, टोपी, झन्डा, रुमाल, थैली लगायतका सामग्री बनाउने गरेका छन् । ढाका कपडा बिक्रीबाट महिलाले मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।