
काठमाडौं, भदौ २५ । सवारी साधनले जथाभावी रुपमा हर्न बजाउन नहुने भन्दै काठमाडौंमा ‘नो हर्न अवेरनेस’ र्याली निकालिएको छ ।
स्प्लास नेपालको संयोजनामा रोटरी, रोटर्याक्ट र इन्टर्याक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा माइतीघर मण्डलाबाट र्याली निकालिएको हो ।
र्याली तीनकुने हुँदै पुनः माइतीघर मण्डलामा आएर समापन गरिएको थियो ।
र्यालीमा पूर्व मन्त्री, सरकारी उच्च अधिकारी, रोटरी, रोटर्याक्ट, इन्टर्याक्टका सदस्य, पत्रकारसहित ५ सयभन्दा बढी सर्वसाधारणको सहभागिता थियो । र्यालीसँगै नो हर्न लेखिएका जनचेतनामूलक पर्चा पनि वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्