
काठमाडौं, भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहालको कर्णाली क्षेत्रका जनतालाई जन्म र मृत्यु संस्कार गर्न २० केजी चामल वितरण गर्ने घोषणाको कर्णाली जनअधिकार मञ्चले विरोध गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मञ्चले प्रधानमन्त्रीको यस्तो घोषणाले कर्णालीबासीको अपमान गरेको जिकिर गर्यो । मञ्चका अध्यक्ष प्रकाश रोकायाले कर्णालीले चामल नभई सत्ता मागिरहेको बताए ।
कर्णालीबासी झुटा आश्वासन र भ्रमबाट आजित हुँदै आएको भन्दै मञ्चले २० किलो चामल दिने प्रधानमन्त्रीको घोषणाले थप पीडा दिएको जनाएको छ ।
मञ्चले प्रधानमन्त्रीले बिहीबार गर्नुभएको घोषणाको २७ नम्बरको बुँदा फिर्ता लिनुपर्ने पनि माग गरेको छ । कर्णाली क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम ल्याउन मञ्चले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्