
काठमाडौं, भदौ २६ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्न पाउनुपर्ने माग गर्दै आज बालुवाटार घेराउ गरेको छ ।
आफ्ना मागका बारेमा सरकारले कुनै सुनुवाई नगरेको र प्रधानमन्त्रीसँग भेट गर्न खोज्दासमेत समय नमिलाई दिएको भन्दै संघले आज एक घण्टासम्म प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएको हो ।
धर्नामा द्वन्द्वपीडित सुरक्षाकर्मी, उनीहरुका परिवारलगायत सहभागी थिए ।
संघले सम्मान र पहिचान खुल्ने गरी पीडितको परिभाषा हुनुपर्ने, सहिद घोषणा गर्नुपर्ने, विभागीय नियमानुसार कायम भएको सुरक्षाकर्मीको असक्तता प्रतिशतलाई सबै निकायले मान्नुपर्ने, आर्थिक सहायता २० लाख दिनुपर्ने, जीवन विमान १० लाख दिनुपर्नेलगायतका ७ बुँदे माग राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्