३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भक्तपुरमा फेरि बर्डफ्लु, संक्रमित फार्मका कुखुरा नष्ट गरियो


0
Shares

भक्तपुर, चैत २७ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१ तर्खगालमा रहेको अनुस्कृत पोल्ट्रि फार्ममा बर्डफ्लु संक्रमण पाइएको छ ।

संक्रमण पुष्टि भएपछि विज्ञसहितको टोलीले संक्रमित क्षेत्रमा पुगेर कुखुरा नष्ट गरेको छ । भेटनरी अस्पातल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु विकास अधिकृत नारायण श्रेष्ठसहित १० जनाको टोलीले करिब डेढ हजार कुखुरा नष्ट गरेको हो । 

मधुराम न्यौपानेले संचालन गरेको फर्मका कुखुरामा बर्डफ्लु भेटिएको हो ।

केही दिन आगाडि पनि भक्तपुरमा बर्डफ्लु संक्रमण पाइएको थियो ।