
पोखरा, भदौ २६ । मानव अधिकारवादी संस्था ‘एम्नेष्टी इन्टरनेशनल’को अध्यक्षमा पत्रकार राजन कुँईकेल विजयी भएका छन् ।
पोखरामा सम्पन्न एम्नेष्टीको महाधिवेशनले ईमेज च्यानलका समाचार सम्पादक कुईंकेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
निर्वाचनमा कुँइकेलले ९१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी भवानी खरेलले २५ मत प्राप्त गरे ।
कुँइकेल यसअघि संस्थाको उप–महासचिव थिए । उनी डेढ दशकदेखि पत्रकारिता पेशा र मानवअधिकारको क्षेत्रमा सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्