
काठमाडौं, भदौ २६ । स्वास्थ्य मन्त्री गगन थापाले अपांगता भएका महिलाहरुको प्रजनन् अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा ल्याउन तत्काल काम अघि बढाउने बताएका छन् ।
नेपाल अपांग महिला संघले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री थापाले अपांगता भएका महिलाहरुले प्रजनन् गराउँदा विभिन्न खाले अप्ठेरो भोग्नुपरेकोले यसलाई तत्काल सम्बोधन गर्ने दिशामा आफूले काम थाल्ने बताए ।
उनले अपांगता भएका व्यक्तिहरु आफ्नो हक, अधिकारका लागि एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्