२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सर्वोच्चले सरकारलाई सोध्यो– ‘वर्ण विन्यास किन संशोधन गरेको ?’


0
Shares

काठमाडौं, भदौ २६ । सर्वोच्च अदालतले सरकारसँग नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग गरेको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले नेपाली भाषाको प्रचलित लेखन शैलीमा कसले र किन संशोधन गरेको भन्दै लिखित जवाफ माग गरेको हो ।

यसअघि भद्र शर्मा र टपेन्द्र कार्कीले गत शुक्रबार भाषा बिगार्ने गरी शुरु गरिएको वर्ण विन्यास तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदनमाथि आइतबार पहिलो सुनुवाई गर्दै सर्वोच्च अदालतले भाषा परिवर्तन सम्बन्धी निर्णयको सम्पूर्ण जानकारी दिन सरकारलाई आदेश दिएको हो ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेमा नयाँ भाषा वर्ण विन्यास अनुसार प्रकाशित भएका पाठ्यक्रम लगायतका सरकारी निर्णयहरु रोकिने छन् ।